skip this

आज सुनको मूल्यमा बृद्धि, कति पुग्यो तोलाको ?

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज नेजाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा ५ सय रूपैयाँले बढेको छ । आज छापावाल सुन तोलामा ५ सय रूपैयाँले बढ्दै ९३ हजार ६ सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला ९३ हजार एकसय रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ५ सय रूपैयाँले नै बढ्दै ९३ हजार एक सय रूपैयाँ पुगेको महासंघको जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य १० रूपैयाँले बढ्दै आज प्रतितोला एक हजार २२५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

nijgadh-supermart-adz1200-630