आज लोकसेवा आयोगको वार्षिकोत्सव, राष्ट्रपतिले उद्घाटन गर्दै
वि.सं.२०७९ असार १ बुधवार ०८:५९
1.45K
shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोगको ७१ औँ वार्षिकोत्सवको उद्घाटन गर्ने भएकी छन् । आयोगले आज बिहान साढे १० बजे काठमाडौंको कमलपोखरीस्थित केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गर्दैछ ।
वार्षिकोत्सवको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने कार्यक्रम तय भएको आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिए ।२००७ बमोजिम वि।सं। २००८ असार १ गते लोकसेवा आयोगको स्थापना भएको हो ।
वि.सं.२०७९ असार १ बुधवार ०८:५९

















