skip this

मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने–सञ्चारमन्त्री शर्मा

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मन्त्रालयको कार्यक्षेत्र र मन्त्रालयले गर्नुपर्ने सबै काम निर्भीक ढङ्गले कुशलतापूर्वक सम्पादन गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् । मन्त्री शर्माले त्यसका लागि आफूले सकारात्मक प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

सरकारका प्राथमिकता, नीति तथा कार्यक्रममा समेटिएको बताउँदै तीबाहेक खट्किएका विषयलाई पनि समाधान गर्ने बताएकी छन् । सूचना र प्रविधिको सही तरिकाले प्रयोग हुने हो भने हाम्रा धेरैजसो समस्या समाधानको बाटोमा जान्छन् भन्दै उनले विकास र समृद्धिको बाटोमा अगाडि बढ्न प्रविधिको उचित प्रयोग गर्न नसकेको स्पष्ट पारेकी छन् ।

nijgadh-supermart-adz1200-630