skip this farak Kura Pravakar

बारा–१ मा उमाकान्त र अच्युतको रोचक ‘रिम्याच’

यस्तो छ भोटको गणित

3.97K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा मुलुकका धेरै क्षेत्रमा पुरानै प्रतिस्पर्धीहरू दोहोरिएका छन् ।

बाराको क्षेत्र नम्बर १ पनि यस्तै क्षेत्रमा पर्छ, जहाँ कांग्रेस नेता उमाकान्त चौधरी र एमाले नेता अच्चुत मैनालीबीच चुनावी  ‘रिम्याच’ हुँदैछ ।

यी दुई नेता २०७४ सालमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धी थिए जहाँ उमाकान्तले अच्युतलाई पराजित गरेका थिए ।

उमाकान्तले २४ हजार ४ सय ५० मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी बाम गठबन्धनका उम्मेदवार नेकपा एमालेका नेता अच्युतले २२ हजार ३० मत ल्याएका थिए ।

यसैगरी, तत्कालिन राजपाका नेता रामकिशोर प्रसाद यादवले २० हजार १ सय ४४ मत ल्याएका थिए । उनी यो पटक चुनावी दौडमा छैनन् ।


रिम्याचको यो ’रेस’ मा अच्चयुत पाँच वर्षअघिको हारको बदला लिँदै संसदमा पुग्ने प्रयासमा हुनेछन् । उमाकान्त पुरानो सफलता कायम राख्दै रेकर्ड बनाउने लक्ष्यमा हुनेछन् । उनी चौथो पटक जित निकाल्ने दाउमा छन् । यसअघि २०५६ मा निर्वाचन क्षेत्र नम्बर १ र २०६४ को संविधानसभाको निर्वाचन ५ बाट चुनाव जितेका चौधरीले २०७४ को निर्वाचन जित्दै ह्याट्रिक पुरा गरेका थिए ।

यी दुवै नेताका लागि चुनावी लक्ष्य चुनौतीपूर्ण हुने देखिएको छ। गठबन्धनमा आधारित दुवै उम्मेदवारले जितका लागि अन्य दलमा जानसक्ने मत आर्जन गर्नु पर्नेछ ।

दुवैले आन्तरिक असन्तोष र अन्तरविरोधको व्यवस्थापन पनि गर्नुपर्नेछ ।

एमालेभित्र लामो समयदेखि अध्यक्ष केपी ओली निकट कित्तामा उभिएका कारण टिकट ल्याउन सफल भएका अच्युतलाई ओली इतरपक्षको मन र मत जित्नुपर्ने चुनौती हुनेछ ।

कांग्रेसका सहमहामन्त्री एवं सरकारका खानेपानी मन्त्री उमाकान्तलाई पार्टीको आन्तरिक व्यवस्थापन पेचिलो हुन सक्नेछ ।

स्थानीय तह र अधिवशेनमा देखिएको ‘तुस’ मेटेर आफ्नै निर्वाचन क्षेत्रमा अर्को पक्षनको सहयोग जुटाउनु चुनौतीपूर्ण हुने देखिन्छ ।

गठबन्धनको आकार, पछिल्लो स्थानीय चुनावको हिसाब र व्यक्तिगत प्रभावका कारणले यसपटक तुलनात्मक रूपमा शेखर बढी सुरक्षित देखिन्छन् ।

चुनावी खेलमा हालको गणित मतदानसम्म कायम रहने–नरहने निश्चित हुँदैन। यही अनिश्चितताले बारा–१ को चुनावी होड रोचक बनाउनेछ ।

उमाकान्त र अच्युतको बदलिएको छवि

चुनाव जितेर उमाकान्त खानेपाी मन्त्री बने भने चुनाव हार्दा पनि अच्युत प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त भए । पार्टीको भूमिकामा पनि दुवैले फड्को मारेका छन् । उमाकान्त पार्टीको सहमहामन्त्री भए भने अच्चुत पोलिट व्यूरो सदस्य बनेका छन् ।

उमाकान्तले सरकारमा बसेर करोडौं बजेट निर्वाचन क्षेत्रमा खन्याएका छन् अच्युत त्यसमा पछि देखिन्छन् । प्रधानमन्त्री कार्यालयमा बसेर पनि निर्वाचन क्षेत्रमा बजेट ल्याउन उनी चुकेको गुनासो पार्टीभित्रै चलेको छ ।

यस्तो छ भोटको गणित

यो क्षेत्रमा दुई तीन नगरपालिका र दुई गाउँपालिका छन् । निजगढमा एमाले, कोल्हवी र आदर्श कोटवालमा कांग्रेस, सिम्रौनगढमा लोसपा र बारागढीमा जसपा विजयी भएको छ ।

क्षेत्र नम्बर १ मा ४८ वडामा कुल १ लाख १८ हजार ९३९ मतदाता छन् । जसमा निजगढमा २८,३७६, कोल्हवीमा २८,९८६, सिम्रौनगढमा २९,४२४, आर्दश कोटवालमा १५,७१३, बारागढीमा १६,४४० मतदाता रहेका छन् ।

यो क्षेत्रमा उमाकान्तले माओवादी, लोसपा र एकिकृत समाजवादीको साथ पाएका छन् भने अच्युतले जसपाको साथ पाएका छन् । स्थानीय तहमा कांग्रेसले दुई पालिका र लोसपाले एक पालिकाको नेतृत्व जितेको छ भने एमाले र जसपाले एक/एक पालिकाको नेतृत्व हात पारेका छन् ।

स्थानीय तहको मतलाई आधार मान्ने हो भने बारा–१ मा कांग्रेस पहिलो शक्ति देखिन्छ । गत निर्वाचनमा कांग्रेसले ३४ हजार ३४६ मत प्राप्त गरेको थियो । स्थानिए तहमा पाएको मत हेर्दा एमाले दोस्रो स्थानमा छ । उसले २४ हजार १३१ मत प्राप्त गरेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १३ हजार २९७ मत, जनता समाजवादी पार्टीले ६ हजार ४५७ मत, माओवादीले ५ हजार २२० मत, राप्रपाले १ हजार १२३ मत प्राप्त गर्दा नेकपा एसले १०६ मत प्राप्त गरेको थियो ।

स्थानीय तहको पालिकाको मतलाई आधार मान्ने हो भने बारा–१ मा कांग्रेस, माओवादी, नेकपा एस, लोसपाको सत्ता गठबन्धन पहिलो शक्ति देखिन्छ । गत निर्वाचनमा सत्ता गठबन्धनले ५२ हजार ९६८ मत प्राप्त गरेको थियो । स्थानीय तहमा पाएको मत हेर्दा एमाले जसपाको गठबन्धनले ३० हजार ५८८ मत प्राप्त गरेको छ ।

बारा १ मा उमाकान्त चौधरी झन् बलियो ! एमालेबाट कसले दिन्छ टक्कर ?

यसरी हेर्दा कांग्रेससँगै माओवादी, लोसपा र नेकपा एसको मत जोड्दा चौधरीको पक्षमा ५२ हजार ९६८ मत देखिन्छ । जुन एमाले जसपा गठबन्धनको मत भन्दा २२ हजार ३८० बढी हो ।

उम्मेदवारी फिर्ता

यो क्षेत्रबाट प्रतिनिधिसभामा १८ जनाले उम्मेदवारी दिएका थिए । बुधबार नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार भूवन प्रसाद चौधरीले उम्मेदवारी फिर्ता लिएका छन् । उनी कांग्रेस निकट हुन् । उनले कांग्रेसका उम्मेदवार उमाकान्तलाई समर्थन गरेका छन् ।

त्यसैगरि अच्चुत विरुद्ध एमालेका पूर्व निजगढ नगर उपाध्यक्ष चनकराज भट्टराईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा उनीसहित ६ जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।

यी हुन् उम्मेदवार

१.नेपाल कम्युनिष्ट पार्टी (एमाले)– अच्युत प्रसाद मैनाली
२.नेपाली काँग्रेस– उमाकान्त चौधरी
३.राष्ट्रिय प्रजातन्त्र पार्टी– भक्त बहादुर दर्लामी
४.जनमत पार्टी– मनोज कुमार यादव
५.हाम्रो नेपाली पार्टी– राकेश न्यौपाने
६.राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल– शिव प्रसाद तिमल्सीना
७.मंगोल नेशनल अर्गनाइजेसन– महेन्द्र चौधरी
८.नेपाल लोकतान्त्रिक पार्टी– मोजहर हुसेन मन्सुर
९.नेपाली कांग्रेस (बी.पी.)– धर्मेन्द्र प्रसाद
१०.नेपाल जनता पार्टी–प्रदिप कुमार प्रसाद साह कलवार
११.राष्ट्रिय स्वतन्त्र पार्टी– गणेश धिमाल
१२.स्वतन्त्र– शिव प्रसाद रिजाल
१३.स्वतन्त्र– धर्मेन्द्र कुमार साह
१४.स्वतन्त्र– अनवर अंसारी
१५.स्वतन्त्र– चनकराज भट्टराई (एमाले बागी)
१६.स्वतन्त्र– अनिल कुमार गुप्ता
१७.स्वतन्त्र– कृष्ण राज गिरी

बारा १ मा एमालेकाे पुरानै अनुहार ! प्रतिनिधि सभामा मैनाली र प्रदेशमा चाैधरीलाई टिकट

nijgadh-supermart-adz1200-630