skip this farak Kura Pravakar

मधेश प्रदेशका सिट बाँडफाट गर्न सत्तारुढ गठबन्धन दललाई सकस

1.65K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मधेस प्रदेशमा चुनावी तालमेल गर्न सत्तारुढ गठबन्धनलाई सकस भएको छ । प्रदेशका चुनावी तालमेल गर्न प्रदेश स्तरीय सत्तारुढ गठबन्धन दलको पटक–पटक वैठक बसे पनि अझै पालिका बाँडफाटमा सहमति जुटन सकेको छैन ।सोमबार बसेको सत्तारुढ गठबन्धनले पहिलो चरणमा गत स्थानीय तहको निर्वाचनमा नेकपा एमाले र वर्तमानमा लोसपाले नेतृत्व गरिरहेको ३४ वटा पालिकामा भागबण्डा गर्ने र त्यसबाट बाँकी रहेका ९८ वटा पालिकामा पछि भागबण्डा गर्ने विषयमा सैद्धान्तिक सहमति भएको थियो ।

मधेश प्रदेशमा एक महानगर वीरगन्ज र तीन उपमहनगर जनकपुरधाम, सिमरा र कलैया छन् । यी चार स्थानीय तहमा केन्द्रबाटै भागबण्डा लगाइने उल्लेख छ भने बाँकी एक सय ३२ पालिकामा भागबण्डा गर्न प्रदेश गठबन्धनलाई जिम्मेवारी तोकिएको छ । त्यसैगरी, सोमबार बसेको बैठकमा अन्य पालिकामा आवश्यता र औचित्यको आधारमा तालमेल गर्ने निर्णय गरेको थियो ।सोमबार सतारुढ गठबन्धन दलहरूको सिट बाँडफाटमा सहमति नभएपछि अर्को बैठक बुधबार राखिएको छ । बुधबार जनकपुरमा बैठक राखिएको एकीकृत नेकपा समाजवादी पार्टीका प्रदेश अध्यक्ष राचन्द्र यादवले बताए ।

nijgadh-supermart-adz1200-630