जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको ‘ह्याट्रिक’ सरुवा ! अछामबाट आयोगमा
जीतपुरसिमरा छँदै अछामबाट आयोगमा
वि.सं.२०८१ फागुन २१ बुधवार २३:५५

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकी प्रमुख प्रशाकीय अधिकृत उर्मिला काफ्लेको वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा काज सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रकाशन गरेको सरुवा सूचीमा पन्चदेवल विनायक नगरपालिका, अछामबाट मन्त्रालयको (अतिरिक्त समूह) बाट काजमा आयोगमा सरुवा गरेको उल्लेख गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गर्ने क्रममा उपसचिव काफ्लेलाई आयोगमा सरुवा गरेको हो ।
तीन महिना अघि १६ मंसिर मन्त्रालयले उपसचिव काफ्लेलाई जीतपुरसिमराबाट अछाम सरुवा गरेको थियो । नगर सभाको विषयमा प्रतिवादी बनाएर अदालतमा दायर मुद्दा विचाराधिन रहेको अवस्थामा सरुवा गरेको भन्दै उपसचिव काफ्लेले जीतपुरसिमरा छाडेकी थिईनन् ।
नगरसभा विरुद्ध परेको उत्प्रेषण परमादेश मागसहितको रिट निवेदन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले तीन दिनअघि खारेज गरेको थियो ।
गत बैशाखमा जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेकी काफ्लेलाई हटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले यो तेस्रो पटक सरुवा गरेका हुन् ।
बैशाख २८ मा जीतपुरसिमरा आएकी उपसचिव काफ्लेलाई यसअघि साउन ३ मा काज फिर्ता गरेको थियो । मन्त्रालयले उनको स्थानमा चेतकुमार पोखरेललाई पठाउने निर्णय गरेको थियो । सरुवा विरुद्ध अदालत गएकी काफ्लेको अन्तरिम आदेशमार्फत स्थगित भएको थियो ।
सहसचिवको दरबन्दीमा मन्त्रालयका सहसचिव वीरेन्द्र भारतीलाई २७ भदौमा जीतपुरसिमरा पठाउने निर्णय गरेको थियो ।
उपसचिव काफ्लेले उक्त निर्णयको विरुद्धमा पनि सर्वोच्च अदालतको अवहेलना भएको भन्दै अर्को रिट दर्ता गराएकी थिइन ।
प्रसाईलाई पठाईयो
मन्त्रालयले जीतपुरसिमराको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सहसचिव शान्तिराज प्रसाईंलाई पठाएको छ ।
टिप्पणी : अछाम लाग्ने भईन् जीतपुरसिमराकी हाकिम उर्मिला ! बधाई मन्त्रीलाई कि वडा अध्यक्षलाई ?

वि.सं.२०८१ फागुन २१ बुधवार २३:५५