शसस्त्र प्रहरीद्धारा नं. ४० रिजर्भ हेडक्वाटर पिलुवामा निःशूल्क आँखा शिविर सञ्चालन

वि.सं.२०८१ फागुन २२ बिहीवार २०:४३

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवामा विहीबार निःशूल्क आँखा शिविर सञ्चालन भएको छ ।
स्थित शसस्त्र प्रहरी बल, नेपाल नं. ४० रिजर्भ हेडक्वाटरको आयोजना तथा किरण आँखा अस्पतालको प्राविधिक सहयोग एवं बारा एकाडेमीको सहकार्यमा भएको शिविरमा एक सय ५० जनाको आँखा परीक्षण भएको छ ।
शिविरमा सशस्त्र प्रहरी बलका जवान, विद्यार्थी र स्थानियहरूको आँखा परीक्षण गरिएको हो । परीक्षण गरिएका बिरामीहरूमध्ये केहीमा मोतियाबिन्दु फेला परेको र उनीहरुको किरण आँखा अस्पतालमै शल्यक्रिया गरिने अस्पतालले जनाएको छ ।
शिविरमा निःशुल्क रूपमा आँखा थोपा वितरण गरिएको किरण आँखा अस्पतालकी आरती गुप्ताले जानकारी दिईन् ।
शिविरले सशस्त्र प्रहरी बलका जवानहरूको आँखासम्बन्धी समस्याहरू पहिचान गर्न र आवश्यक उपचार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको किरण आँखा अस्पतालका प्रमुख डा. अमर क्यालले बताए ।
शिविरमा अस्पतालका पुष्पा सर्राफ, कमलेश कुमार, आरती गुप्ता, रामबाबु चौरसिया लगायत प्राविधिक तथा स्वास्थ्यकर्मी खटिएका थिए ।
शिविरको शसस्त्र प्रहरी उपरीक्षक नवराज थापाले उद्घाटन गरेका थिए । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल, बारा एकाडेमी अग्रेजी माध्यमिक विद्यालयकी प्रिन्सिपल कविता खरेललगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शसस्त्र प्रहरी निरीक्षक कृष्णप्रसाद पौडेलले गरेका थिए ।

वि.सं.२०८१ फागुन २२ बिहीवार २०:४३