प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि छलफल अगाडि बढाउँछौं–एनपी साउद
वि.सं.२०८० वैशाख ३ आइतवार १६:५५
669
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल अघाडि बढाउने नवनियुक्त परराष्ट्रमन्त्री एनपी साउदले बताएका छन्।आइतबार अपराह्न मन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्न सिंहदरबार पुगेका साउदले सञ्चारकर्मीसँग उक्त कुरा बताएका हुन्।
प्रचण्डको वैशाख अन्तिममा भारत भ्रमण हुने चर्चा छ। ‘हामी छलफल अगाडि बढाउँछौं। भर्खरै कार्यालय आएको छु। त्यसमा संग्लन कर्मचारीसँग बिफ्रिङ लिएर अघाडि बढ्छौँ,’ मन्त्री साउदले भने। प्रचण्डले सरकारको नेतृत्व गरेपछि दोस्रो पटक परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्।
वि.सं.२०८० वैशाख ३ आइतवार १६:५५

















