उद्यम सिक्दै निजगढका महिला
वि.सं.२०८० वैशाख १४ बिहीवार १२:४५

बारा । बाराको निजगढका महिला उद्यम सिक्नमा व्यक्त छन् । क्रीस्टल गरगहना र डलकुशन बनाउने तालिम उद्यम गर्ने बाटोमा लागेका छन् ।
आत्मनिर्भर बनाउने उद्देश्यले नगरपालिकाको योजना अनुसार सञ्चालित तालिममा सहभागि भएर महिलालाई गरिबि निवारणको लक्ष्यमा अघि बढेका छन् ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत तेश्रो चरणको कार्यक्रम प्राबिधिक सीप बिकास कार्यक्रम बैशाख पहिलो साता महिलाहरुले डलकुशन बनाउने तालिम लिए । सहभागिलाई विभिन्न आकृतिका ६ किसिमको डलकुशन बनाउने सीप सिकाइएको थियो ।

निजगढ–५ स्थित जनजागृती सुन्दर सामुदायिक बनको हलमा भएको कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, नगर उपप्रमुख सोममाया थिङ, वडा न. ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा, कार्यपालिका सदस्य तथा उद्यम बिकास समितिका सदस्य मनमाया तामाङ्गको, सहभागिता रहेको थियो ।

त्यस्तै निजगढ–८ बजारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा चैत्र अन्तिम साता क्रीस्टल गरगहना बनाउने तालिम सञ्चालन गरिएको थियो । कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजमणी निरौला, वडा न. ८ का वडा अध्यक्ष स्वर्ण लामा, प्रशासन अधिकृत अजय उप्रेती, कार्यपालिका सदस्य तथा उद्यम विकास समितिका सदस्य मनमाया तामाङ्ग, समितिका सदस्य आशा चौलागाइको सहभागिता रहेको थियो । कार्यक्रममा १४ किसिमको क्रीस्टलको गरगहना बनाउने सीप सिकाइएको छ ।

वि.सं.२०८० वैशाख १४ बिहीवार १२:४५


















