स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्चमा रिट दर्ता
वि.सं.२०७८ चैत ६ आइतवार १८:२३
1.14K
shares

काठमाडौं । स्थानीय तह निर्वाचनको आचारसंहिताविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान सच्याउन माग गर्दै आइतबार रिट निवेदन दर्ता गराएका हुन्।
जनप्रतिनिधिले चुनाव अगावै राजीनामा दिँदा स्थानीय तह रिक्त हुने, जनताले पाउने सेवा ठप्प हुने र यो संविधान विपरीत हुने भन्दै शेर्पाले कि वैकल्पिक व्यवस्था गर्न कि यो प्रावधान हटाउन अन्तरिम आदेश माग गर्दै रिट दर्ता गराएको जानकारी दिए।
वि.सं.२०७८ चैत ६ आइतवार १८:२३

















