बारामा भन्सार छलीको १७ हजार ७ सय ३० केजी प्याज बरामद
वि.सं.२०८० पुस १३ शुक्रवार ०९:४९
1.73K
shares

बारा-बारा प्रहरीले भन्सार छली गरेर ल्याएको १७ हजार ७ सय ३० केजी प्याज बरामद गरेको छ।
आज बिहान पथलैयाबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ पथलैया चोकबाट साढे १७ हजारभन्दा बढी प्याज बरामद गरेको हो ।

गिट्टीको अनलाइन बिल भिटिएस देखाएर प्याज तस्करी गरेको प्रहरीले जनाएको छ। उक्त प्याजको बजार मूल्य हाल २७ लाख ३० हजार ८ सय २५ रहेको बारा प्रहरीले जनाएको छ ।

भन्सार छली गरेर ल्याएको प्याज र ट्रक नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०८० पुस १३ शुक्रवार ०९:४९

















