फागुन १ गतेबाट विद्यालय खुल्ने
वि.सं.२०७८ माघ २३ आइतवार १६:४०
807
shares

काठमाडौं। फागुन १ गतेबाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो ।
सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् ।
यसअघि नै सरकारले विद्यालयहरुलाई १ फागुनबाट भौतिक रुपमा सञ्चालन गर्न तयारीको आग्रह गरेका थिए ।
कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले १ माघबाट विद्यालयको भौतिक पठनपाठन बन्द गरेको थियो ।
वि.सं.२०७८ माघ २३ आइतवार १६:४०
















