skip this farak Kura Pravakar

एमसीसी विरुद्ध सभा : चर्चा गरिएकाे नेता झलनाथ, नारायणकाजी र भीम रावल आएनन्

1.09K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । एमसीसी सम्झाैताकाे विरुद्धमा आयाेजित संयुक्त सभामा सम्बाेधन गर्ने भनेर चर्चा गरिएकाे सत्ता गठबन्धनका नेता आएनन् ।

६ वटा कम्युनिस्ट पार्टी र दुई वटा माेर्चाकाे आयाेजित सभामा नेकपा समाजवादी केन्द्रका सम्मानित नेता झलनाथ, नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका नेता भीम रावल आएनन् । नेता श्रेष्ठ र रावललाई विप्लवले भेट गरेका थिए ।

नेकपा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले कार्यक्रमको अध्यक्षता गरेका छन् । कार्यक्रममा नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रबहादुर केशी, नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल, नेकपा माओवादीका विश्वभक्त दुलाल आहुती, नेता रामप्रकाश पुरी लगायत छन् । कार्यक्रमलाई नेकपाका प्रवक्ता प्रकाण्डले सहजिकरण गरिरहेका छन् ।
कार्यक्रमलाई नेकपा माओवादी समाजवादी महासचिव कर्णजित बुढा सुशील, सहिद परिवार समाजका खुमा सुवेदी लगायतले सम्बाेधन गरेका छन् ।

nijgadh-supermart-adz1200-630