skip this farak Kura Pravakar

चितवनमा गैँडा मारेर भागेका आरोपी काठमाडौंबाट कर्याप्यै !

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारेर खाग निकालेर भागेका आरोपीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

चितवन कालिका नगरपालिका–२ घर भएका ४० वर्षीय राजन प्रजालाई वनस्थलीबाट पक्राउ गरेकाे हाे ।

२०७८ असारमा प्रजाले गैँडा मारेर खाग निकालेको चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसराले गरेको अनुसन्धानबाट थाहा भएको छ ।

फागुन १७ मा पक्राउ गरेर प्रहरीले उनलाई चितवन राष्ट्रिय निकुञ्जको कार्यालय कसरामा बुझाएको छ ।

आरोपी काठमाडौै–१६ स्थित वनस्थलीमा डेरा लिएर लुकेर बसेका थिए । निकुञ्जले उनीविरुद्ध बन्यजन्तु चोरी शिकारी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

 

nijgadh-supermart-adz1200-630