एमसीसी विरुद्व खुल्ला मञ्चमा सभा, बैद्यकाे सम्बाेधन- भारत र चीन शंसंकित छन्
वि.सं.२०७८ फागुन २० शुक्रवार १४:१७

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका महासचिव माेहन वैद्य किरणले चीनलाइ घेर्न एमसीसी ल्याईएकाे बताए ।
एमसीसी सम्झाैतालाई लिएर छिमेकी मुलुक चीन र भारत शंसकित भएकाे महासचिव किरणले बताए । उनले व्याख्यात्मक घाेषणाकाे तमासाका रुपमा हेरिरहेकाे समेत बताए ।
किरणले एमसीसी राष्ट्रघाती सम्झाैता भएकाे भन्दै निरन्तर विराेध गर्ने बताए । उनले कांग्रेसले निरन्तर रुपमा राष्ट्रघात गर्दै आएकाेमा अहिले कम्युनिस्ट आवरणमा प्रचण्ड र माधव नेपालले पनि राष्ट्रघातप्रति दलाली गरेकाे टिप्पणी गरे ।
संयुक्त सभामा ६ वटा कम्युनिस्ट पार्टी र दुई वटा माेर्चाकाे सहभागिता रहेकाे छ । मञ्चमा गठबन्धनका नेता विप्लप, चित्रबहादुर केशी, सिपी, आहुती, कर्णजित, रामप्रकाश पुरी लगायत छन् । कार्यक्रमलाई नेकपाका प्रवक्ता प्रकाण्डले सहजिकरण गरिरहेका छन् ।
वि.सं.२०७८ फागुन २० शुक्रवार १४:१७
















