अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ
वि.सं.२०७८ फागुन २७ शुक्रवार १७:४१

काठमाडाैं । जबर्जस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय तनहुँले शाहका म्यानेजर जोशीलाई तनुहँबाटै पक्राउ गरेको हो।
शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको बताउँदै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर उनी फरार भएका थिए ।
पछि २७ फागुनमा उनले प्रहरीकहाँ आत्मसमर्पण गरेका थिए ।
यस्तै गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले शाहविरुद्ध जाहेरी दिएकी थिइन्। पीडितलाई विवाह गर्ने प्रलोभन देखाएर विभिन्न ठाउँमा पटक पटक जबर्जस्तीकरणी गरेको उजुरीपत्रमा आरोप लगाइएको छ।
मुलुकी अपराध संहिता २०७४ अनुसार मजुरी लिएर भएपनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने उल्लेख छ।
१६ देखि १८ वर्षसम्म कम उमेरकी महिला भए १० देखि १२ वर्ष कैद सजायको व्यवस्था छ। पीडित किशोरीको उमेर १७ वर्ष रहेको छ।
थप समाचार…
- नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा शाहलाई थप अनुसन्धानका लागि गैंडाकोट लगियो
- अभिनेत्री थापालाई युट्युबमा गालीगलौज गर्ने प्रहरी नियन्त्रणमा
- रेखा थापाको उजुरीमा प्रहरीद्वारा युट्युबर पक्राउ
- साइबर ब्युरोको चेतावनी : युट्युब, टिकटकमा भ्रामक सूचना दिनेलाई कारबाही गर्छौं
- युट्युबमा नायिका रेखा थापालाई गालीगलौज गरेको भन्दै दिदी तारा राणाले दिइन् साइबर ब्युरोमा उजुरी
- प्रेस काउन्सिल, साइबर ब्युरो र गृह मन्त्रालयले दियो युट्युबरलाई चेतावनी, १६ वटा कारवाहीमा
- यी हुन् कारबाहीका लागि सिफारिसमा परेका १६ वटा युट्युव च्यानलहरु (सूचीसहित)
- नायिका थापाको उजुरीपछि साइबर ब्यूरोले लेख्यो प्रेस काउन्सिल नेपाललाई पत्र
- निर्माता यशोदा राई भन्छिन्ः समाजिक सञ्जालको वहसले लाखौं पल जन्माउदै, गायिकाको जिवन कस्ले रक्षा गर्ने ?
- वकिलको मोवाइलमा पिडित गायिकाले पठाइन् डर लाग्दो म्यासेज, बुवाआमा निरास
- बलात्कारको आरोप लागेका पल शाह यसरी छिरे प्रहरी कार्यालयमा (भिडिओ)
वि.सं.२०७८ फागुन २७ शुक्रवार १७:४१

















