डेढ करोड ठगीमा छोरा पाण्डेलाई थुनेर कारबाही गरेपछि मेयर घनश्यामले प्रहरी विरुद्ध बोले
वि.सं.२०७८ चैत ८ मंगलवार १७:२२

काठमाडाैं । डेढ करोड बढि ठगीको आरोपमा पक्राउ परेका आफ्नो छोरा ठेकेदार अनुप पाण्डेको बचाउमा तुलसीपुर उपमहानगरका मेयर घनश्याम पाण्डे सामाजिक सञ्जालमा आफ्नो भनाइ ब्यक्त गरेका छन् ।
याे पनि…..
प्रहरी अनुसन्धान चलिरहेकै बेला मुद्धा प्रभाबित पार्ने गरि मेयर पाण्डे आफ्नो अभिब्यक्ति सार्बजनिक गरेका हुन ।
डेढ करोड ठगीमा छोरालाई थुनेर कारबाही गरेपछि मेयर घनश्यामले यस्ताे धारणा ब्यक्त गरेपछि नेपाल प्रहरीमा हलचल मचिएकाे छ ।
छोरालाई पक्राउ गरेर हिरासतमा राखि प्रहरीले अनुसन्धान सुरु गरेपछि मेयर पाण्डे आत्तीदै प्रहरीलाई सत्तोसराप गरेका छन ।
प्रहरीलाई गालीगलौजको भाषामा उनले सामाजिक सन्जालबाट अभिक्ती दिएका छन् । उनले छोरा पक्राउमा प्रहरीप्रती तिब्र आक्रोश पोख्दै भने-`चेक अनादर मुद्दा बैङ्किङ्ग कसुर जस्तो फौजदारी अभियोग सरकारवादी नहुने भनी स्पष्ट रुपमा सर्बोच्च अदालतको फैसला छ ।
तर पुर्बाग्रह साधेर दाङ्ग जिल्ला प्रहरिले जबर्जस्ति रुपमा देवानी प्रकृतिको मुद्दालाई फौजदारी अभियोगमा दर्ता गर्नु घोर आपत्ती जनक छ र यस्तो कार्य सम्मानित सर्बोच्च अदालतको अनादर गर्नु पनि हो ।
डेढ करोड ठगीमा छोरालाई थुनेर कारबाही गरेपछि मेयर घनश्यामले आफ्नो छोराको बचाउ गर्दै प्रहरी विरुद्ध बोलेका छन् ।
ठेकेदार पाण्डेलाई सिआईबिले काठमाडौंबाट पक्राउ गरेपछि जिल्ला प्रहरी कार्यालय दाङको टाेलिले जिल्ला ल्याई हिरासतमा राखेर अनुसन्धान जारी राखेको छ ।
ठेकेदार अनुप पाण्डेविरुद्ध डेढ करोड ठगी गरेको आरोपमा दाङ प्रहरीमा उजुरि परेको थियो ।
पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको २४ घण्टा नबित्दै सिआईबिबाट खटिएको प्रहरी टाेलिले पक्राउ गरेको हो।
पाण्डे एमालेका केन्द्रिय सदस्य समेत हुन् । उनीविरूद्ध नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज गेहेन्द्र बस्नेतले नै उजुरी दर्ता गराएका हुन् ।
घोराही–तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी बस्नेतको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको १ करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ ।
निर्माण व्यवसायी पाण्डेविरूद्ध बस्नेतले एक महिना अगाडि नै उजुरी दिन प्रहरीमा गएका थिए । तर आवश्यक प्रमाण नपुगेको भन्दै प्रहरीले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि फेरि थप कागजातहरू जुटाएर बस्नेत प्रहरीमा पुगेपछि मुद्दा दर्ता भएको हो । नेकपा एमाले घोराही उपमहानगरपालिकाको इन्चार्ज समेत रहेका बस्नेत केहीदिन अघिमात्र पार्टीको जिल्ला नेतृत्व, इन्चार्ज, पदाधिकारीसहित मुद्दा दर्ताका लागि प्रहरीमा पुगेका थिए । पटक-पटक पैसा माग्दा पनि सम्पर्कमा नआएपछि बाध्य भएर कानुनी उपचार खोज्नु परेको उनले बताए ।
प्रशासनमा पनि उजुरी
निर्माण व्यवसायी अनुप पाण्डेले ठगी गरेको भन्दै जिल्ला प्रशासनका कार्यालयमा पनि १६ जनाले पाण्डेविरुद्ध उजुरी दिएका छन् । ४ करोड ४५ लाख रुपैयाँ ठगी गरेको भन्दै पाण्डेविरुद्ध उजुरी परेको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिए । पाण्डेविरुद्ध सोनापुर सिमेन्ट उद्योग, व्यवसायी र मजदुरसमेतले उजुरी दिएको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताए । सोनापुर सिमेन्टले पनि ठगीएको भन्दै २ करोडको जाहेरी दर्ता गराईसकेको छ ।
सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । तर समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।

वि.सं.२०७८ चैत ८ मंगलवार १७:२२

















