skip this

आज नेपालले उज्वेकिस्तानको सामना गर्दै

1.25K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चैत २७ गते
आज एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले उज्वेकिस्तानको सामना गर्दैछ ।किर्गिस्तानको बिश्केकस्थित गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा नेपालले पहिलो खेलमा बलियो टोली उज्वेकिस्तानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान १०।४५ बजे सुरु हुनेछ ।छनोटमा नेपाल ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा रहेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले युवा र अनुभवीसहितको मिश्रित टोलीबाट जित निकाल्नेमा आफु आशावादी रहेको बताए । छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ुबीु मा रहेको नेपालले दोस्रो खेलमा चैत २८ गते ताजिकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।नेपालले अन्तिम खेलमा अफगानिस्तानसँग चैत २९ गते खेल्ने तालिका रहेको छ ।

 

nijgadh-supermart-adz1200-630