skip this farak Kura Pravakar

निजगढ ४ मा गठबन्धन विजयी, माओवादी नेताको वडा अध्यक्षमा ‘इन्ट्रि’

3.84K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा । बाराको निजगढ नगरपालिका वडा नं. ४ मा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
एमालेका लोकप्रिय युवा नेता जयराम कुमरलाई पराजित गर्दै माओवादी नेता विसन सापकोटा विजयी भएका हुन् ।

अन्तिम मतपरिणाम सार्वजनिक नहुदैँ सापकोटाले एक सय बढी मतान्तरले निर्वाचन जितेका हुन् । एमालेका कुमर गत स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए ।
कांग्रेससंग चुनावी गठबन्धन गरेर माओवादीबाट निजगढको पहिलो वडा अध्यक्ष सापकोटा बनेका छन् ।

माओवादीले निजगढमा उपमेयर, तीन वडा अध्यक्ष र केहि वडामा सदस्यसहित गठबन्धन गरेको थियो । हालसम्म सार्वजनिक नतिजा एक वडा अध्यक्ष र ५ जना सदस्य निर्वाचित भएका छन् ।
माओवादीका पर्शुराम श्रेष्ठ वडा नं. ११ को सदस्यमा निर्वाचित भएका छन् । वडा नं. १० बाट कुमार मोक्तान, ८ बाट सालिकराम ढुंगाना र पवित्रा सुनार, वडा नंं. ४ बाट सदस्यमा राजसिंह धामी निर्वाचित भएका छन् ।

गत स्थानीय तह निर्वाचनमा पनि कांग्रेससंग उपमेयरसहित गठबन्धन गरेको माओवादीले एक जना जनप्रतिनिधि नगरमा पुग्न सकेका थिएनन् ।

nijgadh-supermart-adz1200-630