skip this farak Kura Pravakar

कर्णालीमा करार कर्मचारी निस्कासन विवाद, कतै कार्यालय तोडफोड, कतै तालाबन्दी

2.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । कर्णालीका धेरैजस्तो स्थानीय तहले करारका कर्मचारीको करार सम्झौता नवीकरण नगर्दा रुष्ट बनेका कर्मचारीले कतै कार्यपालिका कार्यालयमा तोडफोड गरेका छन् भने कतै तालाबन्दी गरीदिएका छन् ।

कर्णालीका दैलेखको गुराँस गाउँपालिका, चामुण्डाबिन्द्रासैनी नगरपालिका, ठाँटीकाध गाउँपालिका, र डुङ्गेश्वर गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ ।कालीकोटको नरहरिनाथ गाउँपालिका र शुभकालिका गाउँपालिका लगायतका पालिकाले पनि करारका कर्मचारी हटाएका छन् ।

दैलेख गुराँस गाउँपालिका दैलेखको गत २९ असारमा बसेको १०सौँ गाउँसभाले समेत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको थियो । सोही कारण गुराँस गाउँपालिका दैलेखको अवस्था असामान्य बनेको छ । गत ३१ असार शुक्रबार भएको झडपमा कार्यालय तोडफोड, केही प्रहरी घाइते हुनुका साथै दुई जनालाई गोली लागेको छ ।

११ असारमा कालीकोटको शुभकालिका गाउँ कार्यपालिका बैठकले करारका कर्मचारी हटाउने निर्णय गरेको थियो । त्यहाँ सोमबारदेखि कार्यालयमा करारका कर्मचारीले तालाबन्दी गरेका छन् कामकाज ठप्प पारेका छन् । उनीहरूले पुर्नवहालीको माग गर्दै तालाबन्दी गरेका हुन् ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरकार्यपालिकाको २७ असारको निर्णयअनुसार पालिका तथा पालिका मातहतका सबै कार्यालयका करार कर्मचारीको १ साउनदेखि म्याद थप नगर्ने निर्णय गरेको छ । त्यहाँ पनि करारका कर्मचारी आन्दोेलनमा उत्रिएका छन् । करारका ९७ जना कर्मचारीको म्याद थप नगर्ने निर्णय नगरकार्यपालिको बैठकले गरेको हो ।

दैलेख डुङ्गेश्वर गाउँपालिकामा तालाबन्दी भएको छ । करारमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै गाउँपालिकामा तालाबन्दी गरिएको हो । जागिरबाट हटाइएका करारका कर्मचारी तथा राजनीतिक दलहरूले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको डुङ्गेश्वर गाउँपालिका(२ का वडाध्यक्ष यामबहादुर विष्टले बताए ।कालीकोटको नरहरिनाथ गाउँपालिकामा पनि करार कर्मचारीले कार्यालयमा तालाबन्दी गर्दा कामकाज ठप्प भएको स्थानीय हरिबहादुर बिष्टले बताए ।

nijgadh-supermart-adz1200-630