skip this

संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुका बीचमा तालमेल हुनुपर्छ –गगनकुमार थापा

801 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आसन्न संघीय र प्रादेशिक निर्वाचनमा निश्चित उद्देश्यसहित दलहरुका बीचमा तालमेल हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्।नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनी तालमेल के का लागि पहिले नै टुङ्गो लाग्नुपर्छ भने। महामन्त्री थापाले निर्वाचनपछि र अगाडिको तालमेल असफल भएको बताए।

निर्वाचन अघि गरिने तालमेल दलहरुका बीचमा संविधानलाई हेर्ने दृष्टिकोण, आर्थिक सामाजिक मुद्दा र विदेश नीतिका सन्दर्भमा न्यूनतम समझदारी बन्नुपर्ने उनले बताए।नेपाली कांग्रेस त्यसतर्फ सचेत रहँदै बहुमत ल्याउन तालमेल आवश्यक रहेको उनले बताए। बहुमत स्थिर सरकारका लागि आवश्यक रहेको उनको भनाइ थियो। नागरिकसँग गरेका वाचा पाँच वर्षमा पूरा गर्न कांग्रेसलाई बहुमत आवश्यक रहेको उनले जिकिर गरे।

nijgadh-supermart-adz1200-630