स्कूल बसले किच्दा तीन वर्षकी बालिकाको ज्यान गयो
वि.सं.२०७९ साउन १४ शनिवार ०९:२८
1.17K
shares

काठमाडौं । आफ्नौ स्कूल बसले किच्दा दाङमा तीन वर्षकी एक बालिकाको मृत्यु भएको छ । देउखुरीको गढवामा भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर, उत्तर टोलकी पूजा थापा रहेकी छन् । अनुसार न्यू मुनराइज बोर्डिङ स्कूलको ना६ख ६४३२ नम्बरको बसले किच्दा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
शुक्रबार दिउँसो विद्यालयबाट घर फर्कनेक्रममा बसबाट ओर्लिएकी थापालाई बसको पछाडिको टायरले किचेको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।स्कूलको बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वि.सं.२०७९ साउन १४ शनिवार ०९:२८
















