skip this farak Kura Pravakar

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल चाँडै शिलान्यास भएर निर्माण सुरु हुन्छ [अन्तर्वार्ता]

मेलम्चीको विकल्पमा सिस्नेरीको अध्ययन थालेका छौं-उमाकान्त चौधरी, खानेपानी मन्त्री

4.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा क्षेत्र नं. १ बाट निर्वाचित उमाकान्त चौधरीले खानेपानी मन्त्रालयको नेतृत्व गरेको १० महिना पुगेको छ । २०७८ असोज २२ गते मन्त्रालयमा पद बहाली गरेका चौधरी नेपाली कांग्रेका सहमहामन्त्री समेत हुन् । यस अघि स्वास्थ्य मन्त्रालयको समेत अनुभव संगालेका चौधरीले खानेपानी मन्त्रालय सम्हाल्दै गर्दा मेलम्ची आयोजनाको पुर्नसञ्चालनको मुख्य चुनौति थियो । बाढी पसेर क्षति भएपछि ठप्प भएको मेलम्ची ९ महिनामा चैत्र २९ मा सञ्चालनमा ल्याउन उनी सफल भए । तर तीन महिनापनि पुरा सञ्चालन नहुदै आयोजना बन्द गरिएको छ । उनको निर्वाचनमा क्षेत्रमा दुई वटा राष्ट्रिय गौरबको आयोजना सञ्चालित छ । मधेसलाई काठमाण्डौंसम्म जोड्ने फास्ट निर्माणाधिन अवस्थामा छ भने निजग अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले प्रारम्भिक चरणमै रुमलिएको छ । यसैसन्दर्भमा मन्त्री चौधरीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

मेलम्ची आयोजना खोल्ने र बन्द हुने एउटा चार्डबाड जस्तो किन बन्यो ?

–विगत असार १ गते देखि आएको बाढी, पहिरो तत्पश्चात आएका बाढी पहिरोका कारण हाम्रो मेलम्चीको हेडवासलगायत हाम्रा संरचनाहरु धोस्त भए र त्यो बाढी पहिरोको कारण जनधनको पनि ठुलो क्षति भयो । जसलाई पुर्ननिर्माण गर्नको लागि सरकारले घोषणा गरेको थियो, चैत मसान्तभित्र काठमाडौंबासीलाई प्राथानान्तरण गरेर वितरण गछौं । त्यसैगरि हाम्रा सम्मानीय प्रधानमन्त्री शेरवहादुर देउवाजीले राष्ट्रको नाममा पनि सम्बोधन गर्नु भएको थियो, हामीले मेलम्चीको पानी काठमाडौं बासीलाई चैत मसान्तभित्रै हामीले खुवाउँछौं भनेर र मैले पनि पटक–पटक प्रतिवद्धता व्यक्त गरेको थिएँ । तथापि धेरैले अनुमान गरेका थिए कि मेलम्चीको आउन सक्दैन भनेर धेरैले अड्कल पनि गरेका थिए । तथापि धेरै बाधाव्यवधान भित्र पनि हामीले चैत मसान्तभित्र अर्थात चैत २९ गते नै मेलम्चीको पानी प्राथान्तरण गर्न सफल भयौं । र काठमाण्डौंबासीलाई पानी खुवाउन सफल भयौं । त्यो बेला हाम्रा प्रतिपक्ष दलका नेता हाम्रा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बाढी आउँछ पानी आउँदैन पनि भन्नुभयो । तर हामीले भनेकौ समयमा पानी खुवाउन सफल भयौ । तथापि अहिले बन्द गर्नु पर्ने कारण के भयो भने अहिले फेरी हाम्रो जल तथा मौसम विभागकोे सूचना तथा हाम्रो अर्ली अलट सिस्टमको सूचना र हाम्रा मौसम विज्ञहरुको सुझाव मनसुन नेपाल प्रवेश गरिसको छ । बाढी, पहिरो जति बेला पनि आउन सक्छ । त्यसैले अर्बौको लगानी भएको यो टनेललाई जोगाउनु पर्छ । यदि यो टनेल ध्वस्त भयो भने बिसौं वर्ष पनि पानी आउन सक्दैन् ।


मेलम्ची खानेपानी आयोजनाको परिकल्पना चाहिँ के सात महिना पानी खुवाउने, पाँच महिना बन्द गरिने भनेर गरिएको थियो ?

–मेलम्ची खानेपानी आयोजनाको परिकल्पना हाम्रा पुर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईकै सपना हो । उहाँले काठमाडौंबासीलाई पानी खानमा मात्र होइन गाडि धुने पनि अवस्था मेलम्चीले बनाईदिन्छु भन्नुभएको थियो । विगत असार १ गते हामीले मेलम्चीको टनेल बन्द ग¥यांै । ठिक त्यो दिन बाढी आयो र टनेल जोगियो । अहिले जुन हामी पानी प्राथान्तरण गरेर खुवाएका छौं, त्यो ध्वस्त भएको संरचना अन्तर्गत हामीले जुन हाइड्रोलिक गेट बनाएका थियौ, त्यसलाई मेनियोल बनाएका छौ । यदि बाढी आइहाल्यो भने तत्कालै बन्द गर्न सक्दैनौं । त्यसकारण पनि त्यसलाई जोगाउनका लागि पनि अगाडी नै बन्द गर्नुपर्ने देखियो र बन्द ग¥यौं । यसबाट पर्ने गएको असुविधा प्रति मैले प्रेस कन्फ्रेन्स बोलाएर क्षमा प्रार्थी गर्दै मेलम्चीको तत्काल पानीको अभाव हुन नदिनका लागि हिजो बागमतिको पानी बन्द नहुदाँ ५ करोड छोडिएको थियो भने यसपालि ५ करोड थप गरिएको छ । भुमिगतबाट ५ करोड लिटर पानी हामी खुवाउथ्यौं । लगभग २ करोड लिटर हामी भुमिगतबाट खुवाउथ्यौ । लगभग १७ करोड लिटर नै पानी खुवाउने हाम्रो योजना भइसकेको छ । लगभग थुप्रै योजना सम्पन्न भएको छ ।

मेलम्ची बन्द भए पनि अन्तबाट भए पनि पानीको परिपुर्ती गरिरहनु भएको छ ?

मेलम्पनी बन्द हुदाँ पनि पानीको अभाव हुने गरि काम गरिएको छ । यो वर्षायाम सकिने लगत्तै हामी पानी पुनः संचालन गर्न सक्छौं । त्यो अनुसार हामीले त्यसलाई सुरक्षित गरेका छौँ । मेलम्ची क्षेत्रमा किन यसरी बाढी, पहिरो आयो भनेर अध्ययन पनि भईरहेको छ । एडिबीले यो किन बाढी, पहिरो आयो ? जलधार सरक्षणकागी के गर्नुपर्छ भनेर एडिबीका विज्ञहरुले जीयोलोजीको फस्ट फेजको प्रतिवेदन पेश गरिसकेका छन् र प्रतिवेदनको सेकेन्ड फेजको आउने बित्तिकै हामी त्यसको व्यवस्थापन गछौं । फेरी यस्ता बाढी, पहिरो आए पनि मेलम्चीको पानी बाह्ैमास खुवाउने गरि हामीले त्यो प्रतिवेदन अनुुसार हामीले कार्ययोजना बनाएर अघि बढ्छौं । त्यस पछि कुनै पनि बाधा व्यवधान आएपनि मेलम्चीको पानी रोकिदैन ।

यो त मेलम्ची खानेपानिको कुरा भयो । यो बाहेक पनि तपाईले मकवानपुरको पानी ल्याएर खुवाउन सकिन्छ, भन्ने कुराको अध्ययन गराई रहनु भएको छ भन्ने कुरा सुनियो यो चाहिँ के भइरहेको छ ?

–सिस्नेरी मैले निरीक्षण गरेर आएको छु, त्यो सिस्नेरी खोलाबाट हामीले गरि काठमाडौंबासीका लागि लगभग चौध करोड लिटर पानी ल्याउन सक्छौं । यो खास खासगरि मैले मेलम्चीको विकल्पको रुपमा अध्ययन गराएको हो । र गरिरहेको छ, अब फाइनल स्टेजमा छ । र म आफै निरीक्षण गर्न गएको हो ।

तत्काल हामी के गर्ने सक्छौ भने अहिले अध्ययन प्रतिवेदन हेर्दा दुई भित्र हामीले ६–७ करोड लिटर पानी हामीले त्यसलाई बाध बाधेर त्यसलाई माथि ल्याएर त्यहाँबाट फास्ट ट्रयाकको बाटोबाट काठमाण्डौं ल्याएर टिटमेन्ट प्लान्टमा राखेर हामीले काठमाडौंबासीलाई खुवाउन सक्छौं । तर यसलाई दिगो रुपमा लैजान ५,६ वर्ष लाग्छ । त्यसको लागि पनि हामीले मोटामोटि सबै स्टमिट भईसकेको छ । हामी चाहान्छौ कि चाडो भन्दा चाडो सुरु होस् भनेर मेरै कार्यकालमा सुरु होस् भनेर हामीले कार्यक्रम कार्य अगाडि बढाएको छु । मान्छेले लक्ष्य दिएपनि ढिलो चाँडो पुरा हुन्छ । किसन जीले लिएको लक्ष्य र सपना आज पुरा भएको छ । त्यसैगरि मैले पनि लिएको लक्ष्य र सपना एक दिन पुरा हुन्छ ।

सम्भावना छ त ?

–सम्भावना छ त्यसैको लागी हामीले दु्रत रुपमा नै यो प्रकृयालाई अगाडि बढाएका छौ ।

प्रसङ्ग बदलौं, तपाईको पहलमा प्रधानमन्त्रीसहित सत्ता गठबन्धमा आवद्ध दलका प्रमुख नेताहरु, मन्त्रीहरु गएर निरीक्षण कार्य भयो । सर्वोच्च अदालतको पूर्णपाठ आएपछि त्यहाँको अवस्था फेरिएको हो ? अब के विमानस्थल अगाडि बढ्ने पक्का भयो ?

–तपाईलाई जानकारी गराऔं कि, म बारा जिल्ला क्षेत्र नंम्बर १ जहा, तपाई अन्तर्राष्ट्रिय विमानस्थल र निजगढ–काठमाडौं फास्ट ट्रयाक छ, म त्यहि क्षेत्रबाट निर्वाचित भएर आएको जनप्रतिनिधि पनि हुँ । यसको बारेमा मैले सदनमा पटक–पटक भन्दै आएको छु । जुन सदनमा रेकर्ड पनि छ । यसलाई कुनै पनि बाहानामा रोक्न मिल्दैन भनेर मैले पटक–पटक कुरा उठाएको हुँ र यी दुई वटा आयोजना यो देशको आर्थिक समृद्धिको मेरुदण्ड हो, अन्तराष्ट्रिय विमानस्थल । र सिंगो मधेसलाई राजधानीसंग जोड्ने फास्ट ट्रयाक हो । फास्ट्र र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एक अर्काको परिपुरक हुन । यो देशको विकास र समृद्धि मात्र हैन, गरिबी निवारण मात्र होइन् आउँदा दिनको लागि यो देशको मेरुदण्डको रुपमा हेरिएको छ ।

राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पनि अहिले सबै फिजिबिलिटी स्टडि गर्दा यो जतिको उपयुक्त विकल्प कहिँ हुन सक्दैन । अहिले सुनिरहनु भएको छ भैरहवा, पोखराको कुरा निजगढको विकल्प त्यो हुनै सक्दैन । त्यहाँ काग्रो मात्र हैन, एउटा अन्तर्राष्ट्रिय हवका रुपमा विकास हुन गईरहेको छ । यो एउटा राष्ट्रिय गौरवको कुरा हो । यो कुनै पनि हालतमा रोक्न मिल्दैन भन्ने कुरा मैले पटक–पटक उठाएको थिएँ । तथापि बिचमा अदालतले अचानक रोक लगायो भन्ने कुरा आयो । त्यसपछि मेरै नेतृत्वमा म स्वयम सरकारको मन्त्री भएकोले हैसितले मात्र होइन त्यो क्षेत्रको जनप्रतिनिधिको हैसितले पनि मेरै नेतृत्वमा प्रधानमन्त्री, सम्बन्धित मन्त्री, शिर्षस्थ नेताहरुकोमा डेलिगेशन गएका थियौं । यसबीचमा सर्वोच्च अदालतबाट पूर्णपाठ आएपछि त्यसले अझ बाटो खुला गरिदिएको छ । यसको सुनिश्चिताको लागि हाम्रा शिर्षस्थ नेताहरु निर्माणस्थलमा जानुभयो । अब सुनिश्चित भईसक्यौ कि अब कुनै बहानमा रोक्न सकिदैन् । यसमा पनि सत्ता गठबन्धन र सरकारले नै बनाउने भनेर घोषणा गरेपछि अब सुनिश्चित भइसक्यो । विमानस्थल बन्छ र अब सुरुवात हुन गईरहेको छ ।

बनाउनु त परको कुरा तपाईहरुको निरीक्षण भ्रमणलाई समेत अदालतको अपहेलना भएको भनेर टिप्पणी भईरहेको छ नि ?

–सर्वोच्चको पूर्णपाठ पढे भइहाल्यो नि ! जसले पढेको छैन, उनीहरुले यो कुरा उठाएका होलान । अब यसलाई राजनीतिकरण गर्न खोजेका होलान तर, अर्थात कुरा त पूर्णपाठ पढ्यो भने अर्थात थाहा हुन्छ नि, आखिर सत्य त सत्य हुन्छ नि !


विमानस्थल वन मासेर गर्न लागिएको बेकारको काम भनेर पनि कतिपयले यसको प्रचार गरिरहेका छन् नि !

–मैले चार वटा कुरा उठाएको थिएँ । एउटा ईआईएको रिर्पोटको कुरा उठाएको थिएँ ।

त्यो नै नक्कली हो भन्ने कुरा आयो । कतैबाट कपि गरिएको भन्ने कुरा आयो

–ईआईएको रिर्पोट जे छ त्यहि अनुसार गर्नुपर्छ । हिजो हामीले छलफल गर्दा त्यहि विषयमा क्लियर भएका छौं । रुख कटानको विषयमा पनि आवश्यकता भन्दा बढी कटान नहोस् भन्नेमा हाम्रो संकल्प छ । विमानस्थलका कारण पर्यावरणमा असर नपरोस् भन्नेमा हामी सचेत छौं । संसारको सबैभन्दा ठुला विमानस्थलको कुरा गर्दा अमेरिकामा छ, जुन दुई हजार हेक्टरमा छ, त्यसैगरि बेलायतको हेथ्रो एयरर्पोट १३ सय हेक्टरमा छ । जुन निजगढमा बनाउन खोजिएको छ, त्यो १९ सय हेक्टरको हो । त्यहाँ दुई वटा रन–वे बनाउने भनेर त्यहिँ पुगेर सम्माननीय प्रधानमन्त्री ज्यूले घोषणा गर्नुभएको छ । मेरो, प्रधानमन्त्री ज्यूको र शिर्ष तहमा पनि एउटै मत छ कि कम भन्दा कम वन क्षेत्रको क्षति हुने गरि निर्माण गर्ने भन्नेछ । रन–वे, आवश्यक संरचना निर्माणका लागि बाहेक भन्दा बढी क्षेत्रफल ओगट्ने गरि वन मास्ने कुनै योजना छैन । यसबारेमा फैलाईएको हल्लामा सत्यता छैन।
विमानस्थलमा दुई वटा मुख्य क्षेत्र छ, पहिलो टांगियाबस्ती र दोस्रो काँटगाउँ । पुखौंदेखि थारु समुदायको बसोबास भएको क्षेत्र हो, काँटगाँउ । राम्रो काम सुरु गर्दा पनि त्यसलाई रोक्न विभिन्न भ्रमहरु सृजना गरिएको हुन्छ । सत्य यहि हो कि राम्रो काम गर्दा अप्ठेरोहरु आउँछ । त्यस्तो अवस्थाबाट पनि जब लक्ष्य पुरा हुन्छ भने त्यो एक दिन इतिहास रच्छ । यो मुलुकको लागि आवश्यकता छ । राष्ट्रिय गौरबको आयोजनाका रुपमा रहेको यो विमानस्थलमा आर्थिक समृद्धि र गरिवि निवारणका लागि ठुलो सघाउ पुग्ने छ । अति आवश्यक योजना भएकाले यसमा शंका उपशंका गर्नुहुन्न ।

अबको कति समयपछि काठमाण्डौंबाट उडेर निजगढ विमानस्थल ओर्लिनु हुन्छ ?

–तपाईले यति मात्र के बुझ्नुस् भने अहिले काठमाण्डौं विमानस्थलको एयर ट्राफिक जाम हेरिरहनु भएकै छ । आकाशमै आधा÷एक घण्टासम्म उडाइ रहन्छ । यो समस्याको समाधान भनेको निजगढ विमानस्थल नै हो । निजगढ विमानस्थल निर्माण चाँडो भन्दा चाँडो सुरुवात गरौं, स्वभाविक छ, पूर्णता पक्कै चाँडै हुन्छ ।

निजगढ विमानस्थलको राजनीतिक र कानुनी झमेलाको अन्त्य भयो, अब कामको सुरुवात गर्न मात्र बाँकी छ भन्ने तपाईहरुको निश्कर्ष हो ?

–एकदम हो । अब कामको सुरुवात हुन गईरहेको छ । चाँडो शिलान्यास भएर कामको सुरुवात हुन्छ । अब कानुनी झमेला छैन । कानुनले जे बोलेको छ, त्यसलाई व्यवस्थापन गर्ने हो । एयरपोर्ट सिटी चाहिदैन, त्यहाँ तीन वटा सिटी छदैछ । नजिकका निजगढ स्मार्ट सिटी, कोल्हवी र जीतपुरसिमरालाई त्यसैलाई एयरपोर्ट सिटी बनाउन सकिन्छ । अर्को कुरा ईआईए रिर्पोट अनुसार गर्ने हो, कम भन्दा कम रुख कटान गर्ने भनेर निर्देशन गरिएको छ । जहाँसम्म बनाउनका लागि बजेट छुट्टिएकै छ, थप आवश्यक छ भने अर्थमन्त्री ज्यू पनि संगै हुनुहुन्थ्यो, वन, पर्यटन र म पनिसंगै थिएँ । साथसाथै शिर्षस्थ नेता ज्यू पनि यसकारण जानु भएको हो कि त्यहाँ के–के आवश्यक पर्छ सबै पुरा गर्ने र कुनै बहानाले नरोकियोस् भन्ने उद्देश्यले विमानस्थल निर्माणको सुनिश्चिता र जनतालाई विश्वास दिलाउनका लागि हाम्रो भ्रमण भएको हो । यसले विमानस्थल निर्माणको सुनिश्चिताको सन्देश गएको छ ।

यो पनि…..

जब मन्त्री नै ध्यानाकषर्ण पत्रसहित मन्त्रालयमा ‘डेलिगेशन’ गए

nijgadh-supermart-adz1200-630