skip this farak Kura Pravakar

नेप्सेमा ३३ अंकको गिरावट, २ अर्ब माथिको कारोबार

909 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्सेमा गिरावट हुँदा दुई हजारको बिन्दुबाट तल झरेको छ । असार अन्तिम साता दुई हजार अंकको बिन्दुबाट माथि लागेको नेप्से २२ सयको नजिक पुगेर करिब डेढ महिनापछि पुनः दुई हजार अंकको बिन्दुबाट तल झरेको हो ।

साताको पहिलो कारोबार दिने आइतबार बजार परिसूचक ३३।३६ अंक ९१।६५ प्रतिशत० ले गिरावट भएर १९८९।२६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएको छ ।
नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने २ अर्ब नाघेको छ । आइतबार बजारमा ६१ लाख ४८ हजार ३४१ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ९७ लाख ३७ हजारको कारोबार भएको छ । जसमध्ये अरुण कावेली पावरको १० करोड ३३ लाख ६२ हजारकधो कारोबार हुँदा शिवम् सिमेन्टको ७ करोड १५ लाख ४१ हजारको कारोबार भएको छ ।

आइतबार नेप्सेमा १८८ कम्पनीको सेयर कारोबार भएकोमा १८२ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ५ कम्पनीको सेयर मूल्यमा वृद्धि हुँदा १ कम्पनीको स्थिर छ ।

आइतबार कारोबार भएकोमध्ये राधी जलविद्युत कम्पनीको सेयर मूल्य ५।९० प्रतिशतले वृद्धि हुँदा आर्दश लघुवित्तको १।९८ प्रतिशत। मैलुङ खोला जलविद्युत कम्पनीको १।३४ प्रतिशतले बढेको छ । त्यस्तै सबैको लघुवित्त युनिलिभर नेपालको सेयर मूल्य पनि सामान्य वृद्धि भएको छ ।

यता रुरु जलविद्युत कम्पनीको सेयर मूल्य १० प्रतिशतले गिरावट हुँदा अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ७।०३ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ६।७७ प्रतिशतले गिरावट भएको छ ।

nijgadh-supermart-adz1200-630