skip this farak Kura Pravakar

हामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन्ः बालेन

990 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ- काठमाण्डौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफूहरु १ सय दिनको दौडमा नरहेको बताएका छन् । उनले आफूहरुसँग ५ वर्षका लागि योजना रहेको बताएका छन् ।

काठमाण्डौँ महानगरपालिकाको मेयरको रुपमा १०० दिनको कामको विवरण सार्वजनिक गर्दै आइतबार मेयर शाहले अझै केही समय गाली र आलोचनामात्रै सहन तयार रहेको भन्दै हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार नरहेको बताएका छन् ।

ुहामी १०० दिनको दौडमा छैनौँ, हामीसँग ५ बर्षका लागि योजना छन् । हामी अझै केहि समय गाली र आलोचनामात्रै सहन तयार छौँ तर हतार गरेर महानगरका समस्याहरुको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र मोडिन तयार छैनौँ । विश्वास छ, हामीप्रति रहेको विश्वास र समर्थनलाई हामी निराश बनाउने छैनौँु उनले भनेका छन् ।

nijgadh-supermart-adz1200-630