skip this farak Kura Pravakar

३५ दिनभित्र पर्खालका नक्सा पास नगरे हटाइन्छ : महानगर

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौँ– काठमाण्डौँ महानगरपालिकाले नक्सा पास नगरी बनेका पर्खाल समेत ३५ दिनभित्र पास गरिसक्न म्याद दिएको छ । महानगर क्षेत्रभित्र निर्माण भएका अनधिकृत पर्खालको नक्सा पास गर्न ३५ दिनको समयसीमा दिइएको हो ।

अर्को सूचना जारी गर्दै महानगरले भवनको मात्रै नभएर सीमा पर्खालको नक्सा पनि पास गर्नुपर्ने बताएको छ । यस्ता पर्खालको नक्सा ३५ दिनभित्र पास गर्न भनिएको छ ।

मापदण्डविपरीतका सीमा पर्खाल नक्सा पास नगरिए महानगरले भत्काउने सूचनामा उल्लेख छ । यसरी हटाउँदा लागेको खर्च पनि घरधनीबाटै असुल्ने महानगरको चेतावनी छ ।

 

nijgadh-supermart-adz1200-630