skip this farak Kura Pravakar

पाँच हजार घुस लिने खानेपानिका सिनियर प्लम्वरविरुद्ध भ्रष्टाचार मुद्दा

1.56K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महांकालचौर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेडको शाखा कार्यालयमा कार्यरत सिनियर प्लम्वर गणेश बहादुर खुलालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

खुलालले सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुल लिएको पुष्टी भएको जनाउँदै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

खुलालले खानेपानी धारा जडानका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटिएको टोलीले खुलाललाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा गत साउन ३१ गते नियन्त्रणमा लिएको थियो ।

nijgadh-supermart-adz1200-630