skip this

एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौँ भन्ने माओवादी ४२ सिटमा खुम्चियो –विष्णु रिजाल

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं, ३ कात्तिक। नेकपा माओवादी केन्द्र तीव्र गतिमा ओरालो लागिरहेको नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले टिप्पणी गरेका छन्। आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्द्यै उनले माओवादी २०६४ यताको निर्वाचनमा निरन्तर ओरालो लागिरहेको उल्लेख गरेका छन् । उनले यसपटक पनि त्यसले थप तीव्रता पाउने जिकिर गरेका छन् । एमालेभन्दा ठूलो कम्युनिस्ट पार्टी हुन्छौँ भनेर दाबी गर्ने माओवादी ४२ सिटमा खुम्चिएको नेता रिजालको भनाई छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘माओवादी २०६४ यता प्रत्येक निर्वाचनमा निरन्तर ओरालो लागिरहेको छ, हरेक पटक उल्लेख्य मात्रामा मत घटिरहेको छ। माओवादीको ओरालो यात्रा तीव्र गतिमा अघि बढिरहेको छ र यसपटक त्यसले थप तीव्रता पाउनेछ।’ रिजालले यसबीचमा ठूलो संख्यामा नेता,कार्यकर्ताले माओवादी पार्टी छाडेको पनि बताएका छन्।

nijgadh-supermart-adz1200-630