दीपशिखाले गगन थापामाथि लगाए आरोप, घण्टीसँगको साझेदारीमा हामीलाई हराए
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:०५
942
shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ कांग्रेस महामन्त्री गगनकुमार थापामाथि संगीन आरोप लगाएका छन् ।प्रतिनिधिसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रको नतिजा नाजुक आइरहेका बेला दीपशिखा थापाविरुद्ध उभिएका हुन् ।थापाले घण्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) सँगको साझेदारीमा गठबन्धनलाई हराएको उनको आरोप छ ।
थापाले खगेन्द्र संग्रौलामाथि लेखिएको उज्जवल प्रसाईको पुस्तक विमोचनमा ‘म कालो कांग्रेस हुँ’ भनेको स्मरण गर्दै दीपशिखाले भनेका छन्, ‘हो रहेछ, तपाईं र तपाईंको टिमले घण्टीसँगको साझेदारीमा हामी गठबन्धनका सहयात्रीलाई मज्जाले हराउनुभयो । तपाईंलाई आगामी यात्राको शुभकामना ।’उनले आफूहरू जनमतको उच्च कदर गर्दै परिणामलाई सहर्ष स्वीकार गर्ने बताएका छन् ।
वि.सं.२०७९ मंसिर ७ बुधवार १०:०५

















