निमा डिसीका तीन मुक्तक
वि.सं.२०७९ मंसिर १७ शनिवार ११:४२
1.6K
shares

[पहिलो ]
खुसी खोज्दै कोही यहाँ कोही वहाँ पुग्यो
मीठो सपना बोकी मानिस कहाँकहाँ पुग्यो
महलमा छ आज हिजो झुपडीको मानिस
सन्तोष भेटिएन धनले तर जो जहाँ पुग्यो!!
[दाेस्राे]
बिगार्न पर्दा मात्र एकछिन् लाग्छ
बिग्रेको सपार्नु परे धेरै दिन लाग्छ
जोसुकै चिच्याएर धाक लगाएपनि
नेताहरूका भाषण अर्थहीन लाग्छ!!
[तेस्रो]
जसलाई खोजिर्हेँ उसैलाई भेट्न नसकेपछि
फर्किन सकिनँ घरमा पीडा समेट्न नसकेपछि
ढुङ्गा प्रहार गरे वचन चलाए असर परेन कत्ति
थाकेका हुन् दुस्मन पनि लखेट्न नसकेपछि!!
-कोहलपुर, बाँके, हाल भैरहवा
वि.सं.२०७९ मंसिर १७ शनिवार ११:४२

















