skip this

राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको हो –पशुपति समशेर जबरा

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधि सभा सदस्य पशुपति समशेर जबराले बताएका छन् । आज पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन् ।

देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने उनले बताएका छन् । उनले ठुला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको जिकिर गरेका छन् । राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने उनले बताए । अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने जबराको भनाई छ । आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने उनले उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630