काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु, त्रिभुवन विमानस्थलमा उडान प्रभावित
वि.सं.२०७९ पुस ७ बिहीवार १०:३२
738
shares
?????????????????????????????????????????????????????????
काठमाडौं । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हुस्सु÷कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएका छन् । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेका छन् ।
विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सकेपनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिनुभयो । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ”, उहाँले भन्नुभयो । मौसममा सुधार आएपछि नियमितरुपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताउनुभयो ।
वि.सं.२०७९ पुस ७ बिहीवार १०:३२

















