skip this farak Kura Pravakar

गुणस्तरीय दुग्ध वितरण गर्ने ३९ किसान बागदेव दुग्ध उत्पादक सहकारीबाट सम्मानित

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ ५ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले गुणस्तरीय दुग्ध वितरण गर्ने ३९ किसानलाई सम्मान गरेको छ ।
संस्थाको १२ औं साधारण सभाको अवसरमा गुणस्तरीय दुग्ध वितरण गर्ने प्रथमतर्फ १३ जना, द्वितियतर्फ १३ जान र तृतीयतर्फ १३ जना गरि ३९ जनालाई सम्मनित गरिएको हो ।
मधेस प्रदेश सांसद त्रिलोकी प्रसाद चौधरीले विभिन्न विधामा उत्कृष्ट ५२ जना शेयरधनी किसान र संस्थाले आयोजना गरेको वक्तित्व कला प्रतियोगितामा विजयी हुने छात्रछात्रालाई पनि सम्मान र पुरस्कार वितरण गरेका थिए ।

यसअघि साधारण सभाको सांसद चौधरीले पानसमा दियो वालेर साधारण सभाको उद्घाटन गरेका थिए ।

संस्थाको मुख्य कार्यालय शान्ति टोलस्थित सभाहलमा भएको साधारण सभाको उद्धाटन समारोहमा सांसद चौधरीले संस्थालाई आफ्नो तर्फबाट र मन्त्रालयबाट पनि सहयोग गर्ने प्रतिद्धता जनाए ।

त्यस्तै गरि निजगढ नगर प्रमुख सुरथ पुरीले संस्थाको कर्मचारीले आफ्नो दायित्व पुरा गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा अध्यक्ष सुर्य थापा, घनाश्यम तिमल्सिना, टेक बहादर लामा, खानेपानी तथा सरसफाई उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, नेकपा (एमाले) निजगढ नगर उपाध्यक्ष भोलाप्रसाद गौतम, संस्थाकापक अध्यक्ष अम्विका चौलागाईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारण सभाको बार्षिक प्रगति प्रतिवेदन, पञ्चबर्षिय रणनीतिक योजनाको बारेमा छलफल भएकोे छ । त्यसैगरी सभामा संस्थाको विनियम संशोधन, आर्थिक तथा लेखा परीक्षण प्रतिवेदनमाथिपनि छलफल भएको थियो । साधारण सभामा शेयर लाभान्स एवंम कृषक बोनस वितरणको बारेमा पनि छलफल भएको थियो ।

२ हजार २ सय पशुपालककिसान सदस्य रहेको बागदेव दुग्धउत्पादक सहकारी संस्थाले हाल निजगढका विभिन्न वडामा रहेका दुग्ध संकलन केन्द्रमार्फत दैनिक ८ हजार ५ सय लिटर दुध संकलन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन प्रकाश सापकोटले गरेका थिए भने स्वागत संस्थाका उपाध्याक्ष अर्जुनप्रसाद घिमिरेको रहेका थिए ।

nijgadh-supermart-adz1200-630