आज लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदै, लिला गिरीले दाबी पेस गर्दै
वि.सं.२०७९ पुस २७ बुधवार ११:०६
648
shares

काठमाडौ ।आज लुम्बिनी प्रदेशले नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीका लागि एमाले लुम्बिनी प्रदेशका संसदीय दलका नेता लिला गिरीले प्रदेश प्रमुखसमक्ष आज बुधबार आज दाबी पेस गर्दैछन् ।
प्रदेश प्रमुख अमिक शेरचनले आज साँझ ४ बजेसम्म संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि दाबी पेस गर्न समय दिएका छन् । सोही समयाअवधिभित्र माओवादी केन्द्र, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र दुई जना स्वतन्त्र सांसदसहित ५५ जनाको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने एमाले संसदीय दलका नेता गिरीले बताका छन् ।
वि.सं.२०७९ पुस २७ बुधवार ११:०६

















