skip this

जनता र राष्ट्रको पक्षमा राम्रा काम गर्ने अठोटसहित सपथ ग्रहण गरेको छु –प्रधानमन्त्री दाहाल

717 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफूले तेस्रो कार्यकाल प्रधानमन्त्री भएपछि जनता र राष्ट्रको पक्षमा केही नयाँ काम गर्ने अठोट लिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। प्रधानमन्त्री दाहालले आज राष्ट्रिय योग दिवसको अवसरमा भक्तपुरको सानो ठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आफूले यसपटक प्रधानमन्त्रीको रुपमा जनता र राष्ट्रको पक्षमा राम्रा केही नयाँ काम शुरु गर्ने अठोटसहित सपथ ग्रहण गरेको बताएका हुन ।

नेपालमा योग, ध्यान, र आध्यात्मिक चिन्तनको परपम्परा पुरानो भएको प्रधानमन्त्री दाहालले बताएका छन् । उनले माघ १ गते योग दिवस मनाउने गरेको भए पनि जनस्तरमा धेरै पहिलादेखि सुरु भएको स्मरण गरेका छन् । प्रधानमन्त्री दाहालले योग र ध्यानको महत्व संसारभर नै बढेको दाबी गरेका छन् । योग शिक्षाका बारेमा संस्थागत रुपमा व्यवस्थापनका लागि कोसिस गर्ने प्रधानमन्त्री दाहालले प्रतिबद्धता जनाएका छन्।

nijgadh-supermart-adz1200-630