skip this

घटना सेलाए पनि काम सेलाउन दिन्नौं, आजैदेखि प्रभावकारी काम सुरु हुन्छ –गृहमन्त्री लामिछाने

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सार्वजनिक यातायातलाई सुरक्षित बनाउन काम थाल्ने गृहमन्त्री रवि लामिछानेले जनाएका छन् । आइतबार राति सामाजिक सञ्जाल मार्फत गृहमन्त्री लामिछानेले आफूहरूले सार्वजनिक यातायात सुरक्षाबारे छलफल गरिरहेको भएपनि अब प्रभावकारी काम थाल्ने जानकारी दिएका छन् ।

गृहमन्त्री लामिछानेले सार्वजनिक यातायातको सुरक्षाबारे छलफल चलिरहेको र अब आजैदेखि प्रभावकारी काम सुरु हुने बताएका छन् । यस्तै घटना सेलाए पनि काम सेलाउन नदिने गृहमन्त्री लामिछानेले प्रतिबद्धता जनाएका छन्।

गृहमन्त्री लामिछानेले आइतबार बिहान पोखरा विमान दुर्घटनाको घडीमा सोमबार शोक बिदा दिने निर्णयप्रति आएका धारणको सम्मान गर्ने पनि बताएका छन् । आगामी दिन नागरिकस्तरबाट आउने सुझावलाई मनन गरिने उनको भनाइ छ ।

उनले समाजिक सञ्जालमा लेखेका छन् , सार्वजनिक यातायात सुरक्षा बारे छलफल गरिरहेकै थियौं।तर अब भोलि बाटै प्रभावकारी काम शुरु हुनेछ,घटना सेलाए पनि काम सेलाउन दिन्नौ।उपप्रधान तथा गृहमन्त्रीका हैसियतले,शोक बिदाको निर्णय प्रति आएका धारणाहरु प्रति सम्मान प्रकट गर्दै आगामी दिनमा यस्ता सुझावहरुलाई मनन गरिने जानकारी गराउदछु।

nijgadh-supermart-adz1200-630