skip this farak Kura Pravakar

मन्त्रपरिषद् विस्तारमा सिके राउतको असन्तुष्टि, सत्ता साझेदारहरुलाई दिए नश्लवादीको संज्ञा

813 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मन्त्रपरिषद् विस्तारमा चरम जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले असन्तुष्टि प्रकट गरेका छन् । समाजिक सञ्चालमा मार्फत ओली–प्रचण्डलाई पश्चगामी चरम नश्लवादीहरुको झुण्डको संज्ञा दिदै कडा चेतावनी दिएका राउतले जसपा, लोसपा, जनमत र नाउपा सबैलाई पाखा लगाएको भन्दै गम्भीर आक्रोश पोखेका छन् । अध्यक्ष राउतले जनमत पार्टीलाई मात्र नभइ जसपा, लोसपा र नाउपा सबैलाई पाखा लगाएको उल्लेख गरेका छन् ।

सत्ता साझेदारहरुलाई चरम नश्लवादीको संज्ञा दिँदै मधेशले यसको प्रतिकार गर्ने राउतले बताएका छन् । यसअघि उनले मधेशले शासक वर्गको उक्त कदमको प्रतिकार गर्ने पनि चेतावनी दिएका थिए । उनले आफूहरुसँग सडक र आन्दोलनको विकल्प सधैं खुल्ला नै रहेको पनि उल्लेख गरेका थिए ।

अध्यक्ष राउतले समाजिक सञ्जालमा लेखेका छन, कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो । ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, यो देश तिम्रो होइन भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्। मधेशले यसको प्रतिकार गर्नेछ ।’

nijgadh-supermart-adz1200-630