आज सङ्घीय संसद् अन्तर्गत दुबै सदनको बैठक बस्दै, यस्ता छन् मुख्य एजेण्डा
वि.सं.२०७९ माघ ५ बिहीवार ०९:४२
;+3Lo ;+;b ejg sf7df8f}F gofF afg]Zj/l:yt ;+3Lo ;+;b ejg . ef]ln z'qmaf/ /fi6«klt ljBfb]jL e08f/Ln] oxL ejgaf6 ;/sf/sf] cfj @)&^/)&& sf] gLlt tyf sfo{qmd k|:t't ug]{ to ePsf] 5 . t:jL/ M /Tg >]i7, /f;;
काठमाडौं ।आज सङ्घीय संसद् अन्तर्गत आज दुबै सदनको बैठक बस्दैछ । आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकर दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्ने छ । आज बस्ने प्रतिनिधि सभाको बैठक सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन् ।
त्यस्तै सभामुख पदको निर्वाचनका लागि नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधि सभाका सदस्य देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, उक्त प्रस्तावलाई प्रतिनिधि सभा सदस्यहरू हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछानेले समर्थन गर्ने लगायतका कार्यसूची छ ।
त्यस्तै दिउँसो १ बजेर १ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रिय सभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने लगायतका कार्यसूची रहेको छ ।
वि.सं.२०७९ माघ ५ बिहीवार ०९:४२
















