skip this

शहीदहरुले देखेको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको हो –मेयर साह

819 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको भनाई छ । आज लैनचौरस्थित शहीद स्मृति पार्कमा शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै मेयर साहले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने उल्लेख गरेका छन् ।

मेयर साहले शहीदहरुले भावि सन्ततीका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको बताएका छन् । उनले शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने जिकिर गरेका छन् । मेयर साहले अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएको बताएका छन् ।

माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी देशभर विविध कार्यक्रम हुँदै आएको छ।विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

nijgadh-supermart-adz1200-630