skip this

प्रधानमन्त्री दाहाल र अमेरिकी उपविदेश मन्त्री न्युल्यान्डबीच भेटवार्ता

999 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेकी अमेरिकाकी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अमेरिकाकी उपविदेश मन्त्री न्युल्यान्डले प्रधानमन्त्री प्रचण्डलाई भेटेकी हुन ।

उक्त भेटमा नेपाल र अमेरिकाको द्वीपक्षीय सम्बन्धका विभिन्न विषय छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।भेटमा परराष्ट्र सचिव भरतराज पौड्याल, अमेरिकी राजदूत डिन थम्प्सनलगायत दुई देशका अन्य अधिकारीहरू पनि सहभागी थिए।प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेपछि नेपाल भ्रमण गर्ने न्युल्यान्ड उच्च अमेरिकी कूटनीतिज्ञ हुन्।

nijgadh-supermart-adz1200-630