skip this

आजको माैसम : केही स्थानमा भारी वर्षाको सम्भावना

756 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । शनिबार देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन /चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोमबार पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रदेश नं १ को एक वा दुई स्थानमा मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। मेघ गर्जन /चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू- भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ।

nijgadh-supermart-adz1200-630