skip this

प्रदेश १ संसद् बैठक बस्दै, प्रदेश नामकरणको प्रस्ताव पेस गर्ने

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। प्रदेश १ संसद् बैठक आज बस्दै छ । पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को नामकरण आज बिहान ११ बजे बस्ने प्रदेशसभामा प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको छ । प्रदेशसभाको कार्य व्यवस्था परामर्श समितिका सदस्य कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले प्रदेशसभामा नामकरण प्रस्ताव हुने बताएका छन् ।

प्रदेश सांसदहरूले सुरूदेखि नै नामकरणका लागि दबाब दिन थालेपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले आन्तरिक सहमति गरेर प्रदेशको नाम कोसी प्रस्ताव गरेर पारित गर्ने तयारी गरिएको प्रदेशसभा सचिवालय स्रोतले जनाएको छ ।

nijgadh-supermart-adz1200-630