skip this

भारतबाट बढेर आयो ग्यासको मूल्य

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन आईओसीले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ ।

डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ ।

यसअनुसार डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा, पेट्रोलमा १ रुपैयाँ २१ पैसा, मट्टितेलमा ३ रुपैया ४० पैसा र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्यासको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ ।

nijgadh-supermart-adz1200-630