skip this

किन स्थगित भयो सिमरा खानेपानीको साधारणसभा ? अब भदौ ९ को लागि साधारण सभा तय

७ दिनभित्र पुनः बोलाउनु पर्ने प्रावधान

1.69K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरास्थित सिमरा खानेपानी तथा उपभोक्ता सरसफाई समितिको शनिवार हुने भनिएको २१ औं साधारणसभा स्थगित भएको छ ।

गणपूरक संख्या नपुग्दा साधारणसभा स्थगित भएको हो । समितिका अध्यक्ष कासिम हुसेनले विधानअनुसार ५१ प्रतिशत उपस्थिती हुनुपर्छ । ‘५१ प्रतिशत नभएपछि साधारणसभा स्थगित गरिएको हो,’ हुसेनले भने–‘साधारणसभा स्थगित भएको मितिले सात दिनभित्र अर्को साधारणसभा बोलाउनुपर्ने प्रावधान छ ।’

७ दिनभित्र पुनः बोलाउनु पर्ने प्रावधान अनुसार अब भदौ ९ गतेको लागि साधारण सभा तय गरिएको समितिले जनाएको छ ।

हुसेनले भदौ ९ गतेका लागि तोकिएको साधारणसभामा उपस्थित हुन सबै उपभोक्तालाई आग्रह गरेका छन् ।

nijgadh-supermart-adz1200-630