skip this farak Kura Pravakar

जिउतियामा जीतपुरसिमराका मेयर पौडेलको शुभकामना सन्देश, एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्छ

1.77K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जिउतिया पर्वको अवसरमा जीतपुरसिमराका मेयर राजन पौडेलले शुभकामना सन्देश जारी गरेका छन् ।

सन्तानको दीर्घायु, सन्तान प्राप्ति, कुल खानदानभित्र परलोक भएका महिला पूर्वजहरूको सम्झना तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्व विहीबारदेखि सुरु भएको छ ।

शुभकामना सन्देशमा मेयर पौडेलले जितिया पर्वजस्तो मौलिक र पुरातन चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा, धर्म र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै समुदायमा एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको बताएका छन् ।

जितिया पर्व, २०८० को शुभकामना सन्देश

जितिया पर्व, २०८० को सुखद् अवसरमा जीतपुरसिमरावासी तथा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

तराई मधेशमा मातृवात्सल्य एवं स्नेहको अनुपम प्रतिक मानिने जीवित्पुत्री, जिउतिया वा जिमुतवाहन नामले पनि यो पर्वलाई चिनिन्छ । यो पर्व बिशेषः आदिवासी थारु तथा मधेशी समुदायका महिलाहरूद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, प्रगति एवं पारिवारिक सुखशान्तिका लागि लोक देवता जिमुतवाहनको आराधना गर्दै हर्षोल्लासका साथ मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन थारु तथा मधेसी महिलाहरूले कठोर व्रत बस्ने गर्दछन् । यस पर्वमा शरीर, मन र आत्मा शुद्ध गर्दै विभिन्न परिकारहरू तथा मिष्ठान्नहरु खाने,खुवाउने प्रचलन परापूर्वकालदेखि नै चल्दै आएको पाईन्छ ।

जितिया पर्वजस्तो मौलिक र पुरातन चाडपर्वको माध्यमबाट भूगोल, जाति, भाषा, धर्म र संस्कृतिका हिसाबले विविधतायुक्त नेपाली समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै समुदायमा एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ।

अन्तमा, विधि र प्रक्रियापूर्वक धार्मिक इमान्दारीका साथ गरिने कार्यबाट मात्र सार्थक परिणाम प्राप्त गर्न सकिन्छ भन्ने सन्देश बोकेको जितिया पर्वले हाम्रो व्यक्तिगत जीवन, समाज र समग्र राष्ट्रको विकासमा समेत सकारात्मक परिवर्तन ल्याउनका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्रुवास व्यक्त गर्दछु ।
धन्यवाद !

जिउतिया पर्वमा आजबाट उपवास : विभिन्न पालिकाले दिए विदा

nijgadh-supermart-adz1200-630