skip this

निजगढ भेट्रान्स क्लब तेस्रो निजगढ नगर स्तरीय भेट्रान्स फुटबल फाईनल प्रवेश

1.91K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–चौतारा युवा क्लव र ७ नं.वडा कार्यलयको संयुक्त आयोजनामा तेस्रो निजगढ नगर स्तरीय भेट्रान्स फुटबल प्रतियोगिता २०८० मा निजगढ भेट्रान्स फुटबल क्लव फाइनल प्रवेश गरेको छ ।

नेत्रोदय खेल मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा निजगढ भेट्रान्सले निजगढ–६ लाई २–१ गोल अन्तरले पराजित गरी फाइनल प्रवेश गरेको हो ।

खेलको ९ औं मिनेटमा पाएको पेनाल्टी गोकुल खत्रीले गोलमा परिणत गरे। छिटो र छरितो खेल पस्केको नमोबुद्धले आपसी तालमेल मिलाउन नसक्दा पाएका सुन्दर अवसर खेर फालेका थिए। प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलमा नमोबुद्धले काउण्टर मुभमा गोल खान पुग्यो ।

वान भर्सेस वान भएको अवस्थामा ३३ औं मिनेटमा अजय लामाले गोल गरे । खेलको २० औं मिनेटको ईन्जुरी समयमा नमोबुद्धको तर्फबाट नरे लामाले १ गोल फर्काए पनि हार टार्न पर्याप्त भएन । निजगढ भेट्रान्स फाईनल प्रवेश गर्न सफल भयो ।

खेलको म्यान अफ दि म्याच बन्न सफल निजगढ भेट्रान्स क्लवका खेलाडी निर्दीप जोशीलाई समाजसेवी विभा माया पुलामीले ट्रफी प्रदान गरेका थिए ।

फाईनल खेल शनिवार चौतारा युवा क्लव ए र निजगढ भेट्रान्स क्लव बिच दिउँसो २ बजे हुने खेल संयोजक बुद्धि राना मगरले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630