skip this

मृगौला पीडित मगर बचाउ अभियानमा मेचि महाकालीमा आवद्ध महिलाले गरे २१ हजारबढी सहयोग

1.93K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मृगौला पीडित सन्तोष दर्लामी मगर बचाउ अभियानमा मेचि महाकाली बुहारी सयुक्त आवाज बारामा आवद्ध महिलाहरुले आर्थिक सहयोग गरेका छन् ।

आवाजका कार्यसमिति र सहयोगीमन भएका महिलाहरुले २१ हजार एक सय एक रुपैँया सहयोग गरेका हुन् ।

दुवै किड्नी फेल भई हाल अल्का हस्पिटल जवलाखेलमा डायलासिस गर्दै आएको र आर्थिक स्थिति पनि कमजोर भएकोले थोरै भएपनि राहत होस भन्ने उद्देश्यले निजगढ नगरपालिका वडा नम्बर २ का सन्तोष दर्लामी मगरको घरमा पुगेर सहयोग रकम हस्तान्तरण गरिएको हो ।

संस्थाकी अध्यक्ष चन्द्रिका मगरले परिवारजनलाई रकम हस्तान्तरण गरेकी हुन् ।

सो रकम हस्तान्तरण कार्यक्रममा वडा नम्बर २ का कार्यवाहक वडा अध्यक्ष पुष्कर खड्काको उपस्थिति रहेको संस्थाकी सचिव उषा लामा मोक्तानले जानकारी दिईन् ।

nijgadh-supermart-adz1200-630