गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिए
वि.सं.२०८० मंसिर १ शुक्रवार ०८:४९
1.52K
shares

काठमाडौं । गाजामा थप २ इजरायली सैनिक मारिएका छन् । थप दुईसहित गाजा अप्रेसनको क्रममा हालसम्म इजरायलका ५० सैनिक मारिएका छन् । इजरायलले गाजामा आफ्ना ५० सैनिक मारिएको जनाएको हो ।
इजरायली सेनाले गाजामा अक्टोबर ७ बाट आफ्नो भूमिमा आक्रमण सुरु गरे देखि यसका थप दुई सैनिकको लडाइँमा मृत्यु भएको जनाएको छ । जसअनुसार कुल संख्या ५० पुगेको हो । इजरायल डिफेन्स फोर्सका अनुसार केफिर इत्झाक फ्रानको र असफ मास्टर मारिने पछिल्लो ईजरायली सैनिकहरू भएको बताएको छ।
वि.सं.२०८० मंसिर १ शुक्रवार ०८:४९
















