skip this

राष्ट्रिय युवा सघं नेपाल निजगढ नगर कमिटीको रक्तदान कार्यक्रम : एक सय बढीले गरे रक्तदान

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–राष्ट्रिय युवा सघं नेपाल निजगढ नगर कमिटीको आयोजित बाराको निजगढस्थित शहीद चोकम रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा १५ महिलासहित एक सय ४ जनाले रक्तदान गरेका छन् ।

कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष एवम् मेयर सुरथ पुरीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा पार्टी नगर कमिटी सचिव एवम् राष्ट्रिय युवा सघं नेपाल स्थायी कमिटी सदस्य बारा जिल्ला ईन्चार्ज तिलक घलानको बिशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा रक्तदातालाई पार्टी प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, सुदर्शन कोईराला, लिला खनाल, अनेमसंघ मधेस प्रदेशकी अध्यक्ष अन्जु नेपालीलगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा बारा जिल्ला कमिटी सदस्य दिल बहादुर लामा, कुमार पोखरेल, मिना सुनार, शर्मिला केसी, राष्ट्रिय युवा सघं नेपाल केन्द्रिय सदस्य राम यादव, राष्ट्रिय युवा सघं नेपाल बारा जिल्ला सचिव दिपेन्द्र सुवेदी, नेकपा एमाले निजगढ नगर कमिटी उपाध्यक्ष भोला गौतम, नेकपा एमाले निजगढ नगर कमिटी उपसचिव थानेश्वर सापकोटा अविरल, राष्ट्रिय युवा सघं नेपाल मधेस प्रदेश कमिटी सदस्य ज्ञानु लामा, सुदिप तिमल्सिना, शशि दास लगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा सघं नेपाल निजगढ नगर कमिटी अध्यक्ष घनश्याम तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा निजगढका जनप्रतिनिधि वडा नम्बर ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, वडा नम्बर ७ का अध्यक्ष टेक बहादुर लामा, वडा नम्बर ४ का वडा अध्यक्ष बिसन सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

nijgadh-supermart-adz1200-630