निजगढ ३ नं. वडा कार्यालयले जेष्ठ नागरिक तथा अपाङ्गता भएकालाई सम्मान गर्ने
वि.सं.२०८१ माघ ८ मंगलवार २१:२३
882
shares

बारा–बाराको निजगढ नगरपालिका ३ नं. वडा कार्यालयले जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्गता भएकालाई सम्मान गर्ने भएको छ ।
निजगढ नगरपालिकाको आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक योजना तथा कार्यक्रम अन्तर्गत वडास्तरीय चालुतर्फ ज्येष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत वडाभित्रका ७५ वर्ष र सो उमेर भन्दा माथिका जेष्ठ नागरिक तथा पूर्ण अपाङ्ग र अति अशक्त अपाङ्ग भएकालाई सम्मान गर्न लागेको हो ।

वडा कार्यालयले माघ ११ गते शुक्रवार विहान ११ बजे वडा कार्यालय भवनमा आयोजना गर्न लागेको सम्मान कार्यक्रममा सहभागि हुन ८५ जना लाभग्राहीलाई एक थान नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिएर आउन आग्रह गरिएको वडा अध्यक्ष गोकुल प्रसाद तिमल्सिनाले जानकारी दिए ।

वि.सं.२०८१ माघ ८ मंगलवार २१:२३
















